काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचारहरुमध्ये त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार दासको नोवेल कोरोना भाइरसको औषधि पत्ता लगाएको दावी गरेका छन् । प्राध्यापक दासले विभिन्न स्वास्थ्यवर्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण गरेको दाबी गरेका हुन् ।
त्यस्तै संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘संक्रामक रोग ऐन, २०२०’ को कार्यान्वयनका विषयमा छलफल सुरु गरेको छ । बैठकमा सहभागी विज्ञहरुले तत्कालीन र दीर्घकालीन रुपमा ऐन कार्यान्वयनका लागि सरकारलाई सुझाव दिन छुट्टै मस्यौदा तयार गर्नुपर्ने बताएका छन ।
राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ को महामारी विश्वव्यापी फैलिरहेकाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा भएकाले अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ । यूएनएफपिएद्वारा जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधानको सामना गर्नु पर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी महिनामा लैंगिक हिंसा र हानिकारक अभ्यासहरुको चपेटामा पर्नसक्ने प्रक्षेपण समेत गरेको छ ।
त्यस्तैगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सांसद तानातानको खेल चलेको छ । दुई पक्षबीच आन्तरिक विवाद उत्कर्समा पुगेसँगै नेकपाभित्र सांसद तानातानको खेल चलेको हो ।
सरकारले गरेको लकडाउन अवधिमा पनि गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि भक्तपुरका विभिन्न ठाउँका नाका बन्द गरिएको छ । सूर्यविनायक नगरपालिकाको परोपकार शहरी स्वास्थ्थ केन्द्रबाट दधिकोट जाने मुख्य सडकमा सवारी साधन आवतजावतमा रोक लगाइएको हो ।
पूरा सामाचारका लागि केन्द्रबिन्दूू बुलेटिन हेर्न नभूल्नुहोला































प्रतिक्रिया