ठमेलमा निःशुल्क खानादेखि उपत्यकामा प्रवेश गर्नेको संख्या बढ्दोसम्म (भिडियोसहित)

ठमेलमा निःशुल्क खानादेखि उपत्यकामा प्रवेश गर्नेको संख्या बढ्दोसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये  लकडाउनका कारण अप्ठ्यारोमा परेका नागरिकलाई मेन्ज फाउण्डेशले निःशुल्क खाना खुवाउँदै आएको छ । फाउण्डेशनले लकडाउनको अर्को दिनदेखि नै ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हो । अहिले प्रतिदिन २ सय जना भन्दा बढीलाई खानामा बिरयानी खुवाइरहेको फाउण्डेशनले जनाएको छ ।

त्यस्तै लकडाउनको अवधिमा पनि कर्मचारीले तलव भत्ता जस्ता खाइपाइ आएका सुविधा पाउने भएका छन् । सरकारले लकडाउनका कारण घरमा बस्न बाध्य भएका कर्मचारीहरुलाई सार्वजनिक विदा मान्ने निर्णय गरी राजपत्रमा सूचना प्रकाशन गरेसँगै कर्मचारीले ती सुविधा पहिले जस्तै पाउने भएका हुन् ।

राष्ट्रिय आविस्कार केन्द्रमा कोरोना भाइरसको रोकथामका लागि अत्यावश्यक सामाग्री धमाधम बन्न थालेका छन् । आविस्कार केन्द्रका प्रमुख तथा म्यागासेसे पुरस्कार विजेता महावीर पुनले स्वास्थ्यकर्मी अग्रमोर्चामा लड्ने सिपाही भएकाले उनीहरुलाई सुरक्षित बनाउनुपर्ने बताए । केन्द्रलले पीपीई, कोरोना बुथ, एरोसल बुथ, अस्पतालको भेन्टिलेटर बनाएर निशुल्क रुपमा वितरण गर्दै आएको छ ।

त्यस्तैगरी विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण पत्रपत्रिका, चिठ्ठीजस्ता वस्तुबाट सर्ने जोखिम अत्यान्तै न्यून भएको एक वैज्ञानिकले बताएका छन् । भर्जिनिया टेकमा एयरोसोल लिन्से मारले ती वस्तुबाट कोरोना नसर्ने बताएका हुन् ।

लकडाउनको समय पटक पटक लम्बिदै जाँदा उपत्यकामा भित्रनेको संख्या बढ्न थालेको छ । सोमबार मात्रै विराटनगरबाट ७ वटा गाडीमा आएका १ सय ५० भन्दा बढी सर्वसाधारण काठमाडौं प्रवेश गरेका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

Skip This
Skip This
Logo