बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गर्न थाले वित्तीय विवरण

बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गर्न थाले वित्तीय विवरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
मुलुक लकडाउनकै अवस्थामा भएपनि बैंक तथा वित्तीय संस्थाहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न थालेका हुन् । तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक हो सिटिजन्स बैंक इन्टरनेशनल । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्य सम्ममा १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा २ करोड १६ लाख ४४ हजार रुपैयाँ बढी नाफा कमाएको हो । बैंकले गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ अर्ब ६ करोड ९६ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढेको हो । यस अवधीमा बैंकले २ अर्ब २४ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब ५२ करोड ३१ लाख ४७ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । बैंकको चुक्तापूँजी ८ अर्ब ६२ करोड २१ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ४९ करोड ३३ लाख ६७ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ ।

त्यसैगरी, समता लघुवित्त वित्तीय संस्थाले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधीमा समताले ३ करोड ३८ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गतवर्षको भन्दा १२७.९४५ ले बढी हो । गतवर्ष समताले १ करोड ४८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समताले गत वर्षको यहि अवधीको तुलनामा संचालन नाफा र ब्याज आम्दानी घटाएको छ । समताले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड २२ लाख खुद ब्याज आम्दानी गरेको छ । गतवर्षको कम्पनीले ४ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीले यस अवधीमा १ करोड ७४ लाख संचालन नाफा कमाएको छ । गतवर्षको यहि समयमा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ संचालन नाफा कमाएकोे थियो । कम्पनीले जगेडा कोषमा ९ करोड ९५ लाख रुपैयाँ राखेको छ । यस कम्पनीको खराब कर्जा बढेको छ । कम्पनीले अहिले खराब कर्जा ३.११ पु¥याएको छ । गतवर्ष यसै अवधीमा कम्पनीको खराब कर्जा १.११५ थियो ।

त्यसैगरी, आइसीएफसीले गतवर्षको तुलनामा खुद नाफा २ प्रतिशतले घटाएको छ । यस फाइनान्सले गत वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ९५ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आइसीएफसीले लकडाउनकै समयमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण निस्काशन गरेको छ । फाइनान्सले चालु आर्थिक वर्षको सोहि अवधिमा १० करोड ७३ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको हो । खुद ब्याज आम्दानी केहि मात्रामा बढे पनि सञ्चालन नाफामा कमी आएकाले नाफा घटेको हो । त्यस्तै, तेस्रो त्रैमाससम्ममा फाइनान्सले ३२ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले २६ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको ब्याज आम्दानी ६ करोड रुपैयाँले बढेको छ ।

त्यस्तै, फाइनान्सले १५ करोड २९ लाख रुपैयाँ संचालन नाफा गरेको छ । यो नाफा गतवर्षको यसै अवधिको तुलनामा ३४ लाख रुपैयाँले कम हो । गतवर्ष फाइनान्सले १५ करोड ६३ लाख रुपैयाँ सञ्चालन आम्दानी कमाएको थियो । यस अवधीमा फाइनान्सले ११ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९ अर्ब ७ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणले देखाएको छ ।

Skip This
Skip This
Logo