लकडाउन लम्बियो, १० दिन थप

लकडाउन लम्बियो, १० दिन थप

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जारी लकडाउन लम्बिएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि पाचौँपटक १० दिन थपेर २५ गतेसम्म कायम राख्ने निर्णय गरेको हो । यसअघि वैशाख २ गतेको मन्त्रीपरिषद बैठकद्वारा चौथोपटक थप गरिएको लकडाउन अवधि भोलि सोमबार सकिन लागेको थियो ।

शुरूमा सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो।

आजै मात्र वीरगञ्जमा र झापामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५२ पुगेको छ भने १६ जना डिस्चार्ज भएर घर फर्किएका छन्।

Logo