काठमाडौं ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरसविरुद्ध लड्न सरकारले खरिद गरेको स्वास्थ्य सामग्री खरिदको छानविन थालेको छ । समितिले सात दिनभित्र कागजात पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेर छानविन थालेको हो ।
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य सेवा विभाग मार्फत प्रतिष्पर्धा बिना ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अगाडि बढाइएकोले छानविन अघि बढाउन लागिएको समितिले जनाएको छ ।
समितिले सम्झौता रद्द गरिएको विषयमा समेत चासो देखाएको छ । समिति सचिव रोजनाथ पाण्डले खरिद प्रक्रियाका सम्पूर्ण कागजात माग गरिएको जनाएका छन् ।































प्रतिक्रिया