काठमाडौं ।
नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनाल विरुद्ध दिइएको उजुरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । तत्कालीन संघीय समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको अभियोगमा उनीहरु विरुद्ध दिइएको उजुरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको हो । महोत्तरीको घटना भएकाले जिल्लामा नै उजुरी दिनुपर्ने प्रहरीको भनाइ छ ।
आइतबार दिउसो जनता समाजवादीका नेताहरुले महानगरीय प्रहरी परिसरटेकुमा सो उजुरी दर्ता गराउन गएका थिए । उनीहरु नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी दिन गएका थिए ।
उजुरी दिन पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि तथा सांसद सुरेन्द्र यादवलगायत परिसर पुगेका थिए । समाजवादी सांसद डा. यादवलाई महोत्तरीस्थित घरबाट पूर्व आईजीपी खनाल तथा सांसदहरु बस्नेत र श्रेष्ठले जबर्जस्ती काठमाडौं ल्याएको समाजवादी पार्टीले आरोप लगाउँदै आएको छ ।































प्रतिक्रिया