नेपालमा कोरोना संक्रमितको संख्या ५१, निको हुनेको संख्या १२

नेपालमा कोरोना संक्रमितको संख्या ५१, निको हुनेको संख्या १२

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा नोवेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । आइतबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ ।

आइतबार राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । नयाँ संक्रमित पर्सा र वीरगंजका ५० वर्षिय पुरुष रहेका छन् ।

नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट नेपाल आएका एक नेपाली नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । अहिले नेपालमा कोरोना भाइरसको संक्रमणबाट पूर्ण रुपमा निको भएर घर फर्किनेको संख्या १२ पुगेको छ ।

विज्ञप्तिः

Skip This
Skip This
Logo