प्रधानमन्त्री ओलीलाई साझा प्रयत्नबाट समाधान खोज्न उपाध्यक्ष गौतमको सुझाव

प्रधानमन्त्री ओलीलाई साझा प्रयत्नबाट समाधान खोज्न उपाध्यक्ष गौतमको सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो कुराकानीमा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट खोज्न सुझाव दिएको बताएका छन् । उपाध्यक्ष गौतमले आइतबार प्रेस नोट जारी गर्दै साझा प्रयत्नबाट पार्टीभित्र देखिएको विवादको समाधान खोज्न सुझाव दिएको बताएका हुन् ।

उपाध्यक्ष गौतमले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि पनि उत्पन्न अनेक समस्या समाधान गर्न पार्टीका कमिटीलाई बाइपास नगरी प्रत्यक्ष छलफल गरेर तथा अरुका सुझाव र विचारलाई सम्मान गर्दै समाधान गर्न सुझाव दिएको प्रेस नोटमा स्पष्ट पारेका छन् ।

सञ्चारमाध्यमहरुमा आफू र प्रधानमन्त्री ओली बीच शनिबारको बालुवाटार भेटमा चर्काचर्की भएको भन्ने समाचारमा प्रकाशन/प्रसारण भएकोमा आश्चर्य व्यक्त गर्दै गौतमले पार्टीको सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउन सुझाव दिएको उल्लेख गरेका छन् ।

उनले प्रेस नोटमा उल्लेख गरेका छन्–‘ प्रधानन्त्रीले धैर्यपूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।’

प्रेस नोट:

Skip This
Skip This
Logo