वीरगञ्ज ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत पाँचजना मध्ये चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको रिपोर्ट तेश्रो पटक पनि नेगेटिभ आएकाले डिस्चार्ज हुने भएका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेश्रो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा रहेको जामे मस्जिदमा बसिरहेका ३ जना भारतीय नागरिकमा गत चैत २९ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखी उपचार भईरहेको थियो भने एक÷ एक जना रौतहट सर्लाही जिल्लाका कोरोना संक्रमितको उपचार भईरहेको थियो ।
वीरगञ्जमा फेला परेका ३ भारतीय नागरिक र रौतहटका १ जना गरी चार जनाको तेश्रो पटक गरिएको पीसीआर परीक्षणको तेश्रो रिपोर्ट नेगेटिभ आएको मौखिक जानकारी आईसकेको तर रिर्पोटको आधिकारिक पत्र आइनसकेकाले उनीहरुलाई हाल अस्पतालमा नै राखेर उपचार गरी रहेको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. उपाध्यायले बताए । उनका अनुसार ती ४ जनालाई आज डिस्चार्ज गरिने तयारी भइरहेको छ ।
तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्बावको नमूना संकलन गरी तीन दिन अघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो र शुक्रबार रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको बताईएको छ । चारजना संक्रमितको तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि सर्लाहीका एकजना संक्रमितलाई भने छुट्टै राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।गोरखापत्रबाट































प्रतिक्रिया