काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डवीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएकै समयमा प्रचण्ड पनि बालुवाटार पुगेका थिए । उनीहरुबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो ।
सरकारले सोमबार ल्याएका २ अध्यादेश आज फिर्ता लिएपछि प्रधानमन्त्रीले शीर्ष नेताहरुसँगको भेटवार्तालाई महत्व दिएका छन् । उनीहरुबीचको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।































प्रतिक्रिया