काठमाडौं ।
समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्री ७ खड्ग शमशेर बन्न लागेको सपना देखेको आरोप लगाएका छन् ।
सरकारले गत सोमबार जारी गरेका २ अध्यादेश आज फिर्ता लिने निर्णय गरेपछि सामाजिक संजाल ट्वीटरमा प्रतिक्रिया दिंदै भट्टराईले यस्तो आरोप लगाएका हुन् ।
उनले ट्वीट गर्दै भनेका छन् , ‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैंतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएछन् । यसबीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानबीन, कार्वाही हुनैपर्छ । उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ । सावधान ।’
































प्रतिक्रिया