दुबै अध्यादेश फिर्ता लिने निर्णय

दुबै अध्यादेश फिर्ता लिने निर्णय

केन्द्रबिन्दु
0
Shares

विरोध चर्किएपछि सरकारले सोमबार जारी गरेका दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने प्रावधान छ।

गत वैशाख ८ गते जारी अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।

राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने व्यवस्था थियो भने संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना बैठक बसेर  निर्णय गर्न सक्ने व्यवस्था थियो ।

Logo