खेलाडीको प्रशिक्षणबारे एनओसीको छलफल

खेलाडीको प्रशिक्षणबारे एनओसीको छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
लकडाउनले रोकिएको खेलाडीको प्रशिक्षण कसरी सुचारु गर्ने भन्ने विषयमा नेपाल ओलम्पिक कमिटि (एनओसी) ले छलफल गरेको छ । एनओसीले भिडियो कन्फरेन्समार्फत लकडाउनको अवस्था र लकडाउन पछिका दिनमा खेलाडीलाई कसरी प्रशिक्षण गराउने भन्ने विषयमा मानार्थ अध्यक्ष, सल्लाहकारहरु र कमिसनका अध्यक्षहरुसँग छलफल गरेको हो ।

बैठकले जापान ओलम्पिकका लागि वाइल्ड कार्डमा सहभागी र अन्य उत्कृष्ट खेलाडीहरुलाई उपयुक्त योजना बनाई प्रशिक्षण दिने निर्णय गरेको छ । त्यस्तै तत्काल ओलम्पिक कमिटीका सबै सदस्यहरूलाई एकदिनको अनलाइन मनोवैज्ञानिक कक्षा दिने निर्णय पनि गरेको छ ।

यस अघि एनओसीले खेलाडीको लागि १ हप्ताको मनोवैज्ञानिक कक्षा संचालन गरेको थियो ।

Skip This
Skip This
Logo