कोरोना संक्रमितको संख्या ४७ पुग्यो

कोरोना संक्रमितको संख्या ४७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७  जना पुगेको छ। बिहिबार संक्रमण पुष्टि हुनेमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरका ५५ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् । उनले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।

त्यस्तै निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ। पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमित निको भएका छन्।

मन्त्रालयले पीसीआर र आरडीटी विधिबाट ४३ हजार ७२२ जनाको परीक्षण गरिएको जनाएको छ ।

 

 

Skip This
Skip This
Logo