सरकारको बिरोध गर्दै एकाबिहानै नेविसंघको प्रर्दशन

सरकारको बिरोध गर्दै एकाबिहानै नेविसंघको प्रर्दशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल बिद्यार्थी संघको एक समुहले सरकारको बिरोध गर्दै प्रदर्शन गरेको छ। बिहिबार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समुहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेका छन् ।

संघका पूर्व अध्यक्ष रन्जीत कर्णको अगुवाइमा निस्केको बिद्यार्थीहरुको समुहले संघिय संसद अगाडिको सडकमा केहिबेर प्रदर्शन गरेको थियो ।

प्रदर्शन पछि संवाददाताहरु सँग संक्षिप्त कुरा गर्दै नेता कर्णले लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको अध्यादेशको सबै पक्षले बिरोध गर्नु पर्ने बताए । नेपाल बिद्यार्थी संघको यो समुहले आजबाट नियमितरुपमा सरकारको बिरोधमा ठाउँ ठाउँमा प्रदर्शन गर्ने बताएको छ।

 

Logo