कोरोना अपडेटः युरोप र अमेरिकामा मात्र १ लाख ५२ हजारभन्दा बढीको मृत्यु

कोरोना अपडेटः युरोप र अमेरिकामा मात्र १ लाख ५२ हजारभन्दा बढीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जेनेभा ।

विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट युरोपेली मुलुकहरु र संयुक्तराज्य अमेरिका सबैभन्दा बढी आक्रान्त बनेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समय अनुसार बुधबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा ४५ हजार ३४३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख ७ हजार ९२० जना पुगेको छ । यो समेत विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ५५८ पुगेको छ भने कूल संक्रमितको व्यक्तिको संख्या २५ लाख ७३ हजारभन्दा माथि पुगेको छ । निको हुनेको संख्या ७ लाख १ हजार ५८५ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन समेतका संस्था एवं विज्ञहरुले महामारी नियन्त्रणका लागि लकडाउन नै उपयुक्त विधि रहेको निश्कर्षमा पुगे पनि संयुक्तराज्य अमेरिका र युरोपका केही मुलुकमा मानिसहरु लकडाउन खोल्नु पर्ने भन्दै विरोध प्रदर्शनमा पनि उत्रिएका छन् ।

युरोपेली मुलुकहरु मध्ये इटालीमा २४ हजार ६४८ जना, स्पेनमा २१ हजार २८२ जना, फ्रान्समा २० हजार ७९६, बेलायतमा १७ हजार ३३७ जना, बेल्जियममा ५ हजार ९९८ जना, जर्मनीमा ५ हजार ८६ जना, नेदरल्यान्ड्समा ३ हजार ९१६ जना, स्वीडेनमा १ हजार ७६५ जना, स्वीट्जरल्यान्डमा १ हजार ४७८ जनाको मृत्यु भएको छ ।
रासस–एपी

Skip This
Skip This
Logo