नयाँ उचाईमा डलरको भाउ, कति पुग्यो आज ?

नयाँ उचाईमा डलरको भाउ, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अमेरिकी डलरको भाउले हरेक दिन नयाँ उचाई बनाउँदै गएको छ । बुधबार पनि डलरको भाउ ४८ पैसाले बढेर १२३ रुपैयाँ २४ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको खरिद मूल्य १२२ रुपैयाँ ६४ पैसा कायम भएको छ भने बिक्री मूल्य १२३ रुपैयाँ २४ पैसा कायम भएको छ ।

कोरोना संक्रमणका कारण सर्वसाधारण डलरमा आकर्षित हुँदा मूल्य बढ्न गएको हो । नेपाल आयातमा भर पर्ने मुलुक हो । नेपालले दैनिक उपभोग्यदेखि औद्योगिक तथा मेशिनरी सामान विदेशबाटै आयात गर्दै आएको छ । डलरको भाउमा उतावचढाब हुने वित्तिकै त्यसको असर प्रत्यक्षरुपमा नेपाली बजारमा पर्छ । डलरको मूल्य बढ्ने वित्तिकै काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा वृद्धि हुन्छ ।

हाम्रो मुलुकको अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । त्यसैले हरेक पटक डलर बढ्दा नेपाल भित्रिने रेमिट्यान्समा वृद्धि हुन्छ । नेपाली निर्यातकर्तालाई फाइदा हुन्छ । उनीहरुले सामान निर्यात गरेर बढी डलर कमाउन सक्छन् । तर त्यस बाहेकका अघिकांश कुरामा नेपाललाई घाटा नै हुन्छ । नेपाल आयातमूखी भएकोले भुक्तानी गर्नुपर्दा डलरमै गर्नुपर्ने हुन्छ । डलर बढ्दा नेपालले बढी भुक्तानी गर्नुपर्ने हुन्छ । जसले व्यापार घाटालाई अझै बढाउँछ ।

डलरको मूल्य बढ्दा नेपाललाई जति फाइदा छ त्यो भन्दा बढी घाटा वेहोर्नु पर्ने हुन्छ । त्यस्तै, दैनिक उपभोग्यका सामानहरु र भारत तथा तेस्रो मुलुकबाट आयात गरिने मोबाइल, मोटर, लत्ता कपडा तथा इलेक्ट्रोनिक्सका सामानहरु महंगो पर्न जान्छन् ।

Skip This
Skip This
Logo