काठमाडौं ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ पुगेको छ । मंगलबार उदयपुरमा एकै दिन थप १० जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको हो ।
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जुन पहिले कोरोनाको संक्रमण पुष्टि भएका १३ व्यक्तिहरुसँग सम्पर्कमा आएका व्यक्ति हुन् । मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ९ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।
सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा ९ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो ।
देशभर कुल संक्रमित ४१ मध्ये पाँच जना उपचारपछि पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । नेपालमा पहिलो पटक कोरोना भाइरसको संंक्रमण गत माघ १० गते चीनबाट आएका ३२ वर्षिय नेपाली नागरिकमा देखिएको थियो ।





























प्रतिक्रिया