लकडाउनको असर विश्व सम्पदाको पुनर्निर्माणमा

लकडाउनको असर विश्व सम्पदाको पुनर्निर्माणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
लकडाउनका कारण काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाहरुको पुनर्निर्माण रोकिएको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गत चैत ११ गतेबाट जारी गरिएको लकडाउनका कारण सम्पदाहरुको पुनर्निर्माणको काम रोकिएको हो । भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणमा खटिएका कामदारहरुले लकडाउनका कारण काम गर्न पाएका छैनन् । सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण कार्य मजदुरको सुरक्षाको प्रत्याभुति गरी काम सुरु गर्ने बताएपनि विश्व सम्पदा सूचिमा सूचिकृति सम्पदाहरुको पुनर्निर्माणको काम ठप्प हुँदा समेत सरकारको ध्यान गएको छैन ।

वर्षायाम सुरु हुनु अघि सक्नु पर्ने काम पनि लकडाउनका कारण प्रभावित भएको छ । लकडाउन सकिएपछि वर्षायाम सुरु हुने र काम प्रभावित हुने भएकाले पुनर्निर्माणको काम अझै पर धकेलिने संकेत देखिएको छ । सोमबार काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका क्षेत्र, ललितपुरको पाटन दरबार क्षेत्र लगायतका ठाउँमा पुग्दा कुनैपनि सम्पदाको पुनर्निर्माणका कामहरु भएको पाइएन् । सम्पदा क्षेत्र सुनसान छन्, भने मजदुरहरु देखिदैनन् ।

सम्पदा क्षेत्र भित्र रहेका मन्दिरहरुमा हुने नियमित पुजाआजाका कामहरु समेत सञ्चालनमा आउन सकेका छैनन् । पाटन दरबार क्षेत्र भित्र रहेको कृष्ण मन्दिर, बंगलामुखी, भिमसेनको मन्दिर, कुम्भेश्वर लगायतका मन्दिरहरु बन्द रहेका छन् । यस्ता कतिपय मन्दिरहरुको पुनर्निर्माणको काम समेत प्रभावित भएको छ । लकडाउनका कारण पर्यटकिय क्षेत्र समेत रहेको सो क्षेत्रका स्थानीयहरुको व्यवसाय समेत ठप्प भएको छ ।

Logo