संवैधानिक इजलासमा थपिइन् सपना मल्ल

संवैधानिक इजलासमा थपिइन् सपना मल्ल

केन्द्रबिन्दु
0
Shares

नेपालको संविधानले निश्चित विवादहरूको निरूपण गर्नका लागि संवैधानिक इजलासकाे व्यवस्था गरेकाे छ। उक्त इजलासमा यसअघि न्यायाधीस हरिकृष्ण कार्की थिए । आफूमाथि प्रश्न उठेपछि इजलासमा नबस्ने न्यायाधीश कार्कीले घोषणा गरेकाे थिए । ५ सदस्यीय उक्त इजलासमा न्यायाधीश कार्कीकाे स्थानमा सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश चौलेन्द्र शमशेर जबराले नियुक्त गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा न्यायाधीश सपना प्रधान मल्ललाई समेटेर संवैधानिक इजलास गठन गरेका हुन् ।

केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा महान्यायधिवक्ता रहेका कार्की प्रधानमन्त्री ओली नै विपक्षी रहेको रिटमाथिको सुनुवाइमा बस्न नमिल्ने भन्दै चौतर्फी विरोध भएपछि हरिकृष्ण कार्कीले संबैधानिक इजलाशमा नबस्ने बताएका हुन् ।

गठित संबैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसी छन् ।

मल्ल प्रधानन्यायाधीशको रोलक्रममा छिन् भने यसअघि एमाले कोटाबाट संविधानसभामा सभासद बनेकी थिइन् ।

Skip This
Skip This
Logo