व्यवसायीहरुद्वारा राहत मागदेखि अफगानिस्तानको राष्ट्रपति कार्यालयमा कोरोना संक्रमितसम्म (भिडियोसहित)

व्यवसायीहरुद्वारा राहत मागदेखि अफगानिस्तानको राष्ट्रपति कार्यालयमा कोरोना संक्रमितसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये कोरोना भाइरसको संक्रमणले उद्योग तथा व्यवसाय क्षेत्र धरासायी बनेको भन्दै व्यवसायीहरुले राहतको माग गरेका छन् । सरकारले विभिन्न क्षेत्रमा राहतको कार्यक्रम ल्याएको भन्दै उनीहरुले आफूहरुले पनि राहत पाउनुपर्ने माग गरेका हुन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कुन–कुन क्षेत्रमा के कति असर परेको छ त्यसको आधारमा राहत उपलब्ध गराउनुपर्ने बताइन् ।

त्यस्तै नेपालमा कोरोना भाइरस संक्रमितमध्ये चार जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । देशभरका कुल ३१ संक्रमितमध्ये चार जना निको भएर घर फर्किएका हुन् । बाँकी, २७ जना देशका विभिन्न अस्पतालमा उपचार गर्दै आएका छन् ।

विश्वभर लामो समयदेखि गरिएको बन्दाबन्दीले नेपालमा खाद्य संकट देखिने आशंका उब्जाएको छ । देशको कृषि उत्पादनमा कमी आउनु, पहाडि क्षेत्रमा मकै छर्ने समय भएपनि किसानले बिउबीजन नपाउँनु र विदेशी मुलुकले कोरोनाको संक्रमण देखाउदै निर्यात रोक्दा खाद्यसंकट देखिन सक्ने आशंका बढेको हो ।

त्यस्तैगरी देशैभर बन्दाबन्दी घोषणा गरेका कारण रोजगारी गुमेको भन्दै घरभाडा छुट गर्ने सरकारको अपुस्ट निर्णयले सामाजिक द्धन्द्ध बढाएको सांसदहरुले बताएका छन् । संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको आइतबार बसेको बैठकमा सांसदहरुले सो कुरा बताएका हुन् ।

अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौँ कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि २० जनामा संक्रमण देखिएको बताइए पनि पछिल्लो जानकारी अनुसार संक्रमित हुनेको संख्या ४० पुगेको बीबीसीले उल्लेख गरेको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

Logo