काठमाडौं ।
कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले चैत्र ११ गते लकडाउन घोषणा गरे यता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ । यो बन्दाबन्दिको अवस्थामा भने अत्यावश्यक काम र सेवा भने रोकिएको छैन । आज (आइतबार) बिहान हाम्रा सम्बाददाता काठमाडौँका केहि क्षेत्रमा पुग्दा नागरिकहरुले बन्दाबन्दिको पालना गरेको पाइएको छ ।
केहि स्थानहरुमा सर्वसाधारण अत्यावश्यक सामग्री खरिद गर्न घर नजिकको पसलमा पुगेको देखिन्थ्यो । यस्तै काठमाडौँ महानगरपालिकाले नगर सफाइको कामलाई निरन्तरता दिइरहेको थियो । सुरक्षा निकायका अधिकारीहरु सुरक्षा चेकजाँच गर्न लकडाउन पालना गराउन सडकका चोकहरुमा खटिएका थिए ।
अत्यावश्यक सेवाका सवारी साधन भने सहजै गुडिरहेका थिए । यस्तै विभिन्न चोकहरुमा घुम्दै नेपाल प्रहरिको मोबाइल भ्यानले सर्वसाधारणलाई माइकिङ्ग गरेर घरमा बसेर सावधानी अपनाउन आग्रह गरिरहेको थियो । नेपाल सरकारले बैशाख ३ गते सम्मको लकडाउन बन्दाबन्दिको समय बढाएर १५ गते सम्म पु¥याएको छ ।
नेपालमा अहिले संक्रमित हुनेको संख्या ३१ जना पुगेको छ । साथै स्वास्थ्य मन्त्रालयले शनिवार अपरान्ह पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार अहिलेसम्म पिसिआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरेको बताएकोछ । साथै नेपालका ७७ वटा जिल्लामा ¥यापिड डाइग्नोष्टिक विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ ।
देशभरी ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ५ र बाहिर १ सय १२ गरी १ सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।












































प्रतिक्रिया