लकडाउनमा धरहरा पुनर्निर्माण जारीदेखि कोरोनाले नेपालको रेमिट्यान्समा प्रभाव पार्नेसम्म (भिडियोसहित)

लकडाउनमा धरहरा पुनर्निर्माण जारीदेखि कोरोनाले नेपालको रेमिट्यान्समा प्रभाव पार्नेसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये नासाले सन् १९९८ मा पत्ता लगाएको ५२७६८ ग्रहिका पृथ्वीमा ठोकिएको खण्डमा विश्वमा ठूलो क्षति निम्त्याउने समाचारहरु सार्वजनिक भइरहेका छन् । तर, एक चिनियाँ खगोलशास्त्रीले पृथ्वीको दिशामा रहेको उक्त ग्रहिका पृथ्वीमा नखस्ने बताएका छन् ।

उता कोरोना भाइरसले सबैभन्दा बढी आक्रान्त अमेरिकामा प्रतिवन्ध हटाउन हतियारसहित प्रदर्शन भएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले समेत प्रदर्शनको समर्थन गरेका छन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओले वन्यजन्तुको मासुमा प्रतिवन्ध लगाउनु पर्ने बताएको छ ।

यसैगरि कोरोना भाइरसको रोकथामका लागि विभिन्न देशहरुले लकडाउन घोषणा गरेपछि त्यसको प्रभाव नेपाली कामदारहरुमा पर्ने भएको छ । लकडाउनको प्रभाव पशुचौपायालाई पनि परेको छ । पसल र आवागन ठप्प हुँदा सडकमा रहेका पशुचौपायाहरू भोक मेट्न भौतारीरहेका छन् ।

लकडाउनले गर्दा धेरैजसो क्षेत्र ठप्प छ । तर, केही विकास निर्माणमा कामहरू भने निरन्तररुपमा चलिरहेको छ । २०७२ को विनाशकारी भूकम्पले भत्किएको धरहरा पुनर्निमाणको कामले पनि निरन्तरता पाएको छ ।
केन्द्रबिन्दु बुलेटिन हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo