अनेरास्ववियुले गर्यो विद्यार्थीलाई राहत वितरण

अनेरास्ववियुले गर्यो विद्यार्थीलाई राहत वितरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकका विभिन्न क्यामपसमा अध्ययनका लागि काठमाडौंको किर्तिपुरमा बसोबास गर्ने ५ सय विद्यार्थीलाई राहत सामाग्री वितरण गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटीका संयोजक ऐन महरको समन्वयमा लकगाउनका कारण समस्यामा परेका विद्यार्थीलाई शनिबार राहत वितरण गरिएको हो ।

किर्तिपुरक्षेत्रमा बसोबास गर्ने विद्यार्थीलाई राहत सामाग्री वितरण गरिएको अनेरास्ववियु आर.आर क्याम्पस अध्यक्ष श्रीकृष्ण उप्रेतीले जानकारी दिए ।
उनका अनुसार किर्तिपुरको सालभेनिया एकेडेमीको प्राङ्गणमा अनेरास्ववियुका संयोजक ऐन महर, केन्द्रीय सदस्य नारायण घर्ती, मोती बिक, केन्द्रीय सदस्य तथा आर.आर क्याम्पस स्ववियु सभापति तपेन्द्र शाही लगायतले राहत वितरण गरेका थिए ।

राहत वितरण गर्दै संयोजक महरले लकडाउनले गर्दा उपत्यका लगायत देशभरका सहरमा रहेका कुनै पनि विद्यार्थीलाई भोकै नराख्ने प्रतिबद्धता समेत जनाएका छन् । साथै, उनले अहिलेको विषम परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पनि अपिल गरेका छन् । ‘यो विषम परिस्थितिमा अनेरास्ववियु विद्यार्थीको साथमा छ नआतिनुहोस् समस्या भएमा स्थानीय निकाय वा हामीलाई सम्झनुहोस’–उनले भने–‘अनेरास्ववियुले देशका विभिन्न सहरहरुमा समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गरिरहेको छ । साथै मजदुर, विपन्न, विद्यार्थी लगायत सबैलाई एकरुपताका साथ राहत वितरण हुनुपर्ने माग राख्दै आएको छ ।’

Logo