काठमाडौं ।
स्वीडेनकी राजकुमारी सोफियाले स्टकहोमको सोफियाहेमेट हस्पिटलमा स्वास्थ्य सहायकका रुपमा काम गर्न शुरु गरेकी छिन् । तर अहिले उनी नोवेल कोरोना भाइरस संक्रमितका बिरामीको उपचारमा सिधै सहभागी हुने छैनिन् ।
यसका लागि गैरचिकित्सकका रुपमा डाक्टर, नर्स र मेडिकल स्टाफले उनीलाई सहयोग गर्नेछन् । राजकुमारी सोफियाले यसका लागि तीन दिनको तालिम समेत लिएकी छिन् । अस्पतालले प्रत्येक हप्ता ८० जनालाई तालिम दिँदै आएको छ । यसमा सरसफाई गर्नेेदेखि स्वास्थ्यकर्मीलाई सहयोग गर्नेसम्मका रहेका छन् । राजकुमारी सोफियाले पनि यहि काम गर्नेछिन् ।
उनी यस अस्पतालकी मानार्थ अध्यक्ष पनि हुन् । यस बारेमा राजकुमारी सोफियाले भनिन्–‘जब मेरो देशका नागरिकको मृत्य भइरहेको छ, यस्तो समयमा म कसरी मौन बस्न सक्छु । यसै कारण अब म सबैको सेवा गर्न लागि परेकी छु ।’
राजकुमारी सोफिया मोडल पनि हुन्
३५ वर्षिय राजकुमारी सोफिया शाही परिवारको सदस्य बन्नु भन्दा पहिले मोडल थिइन् । उनले सन् २०१५ मा कार्ल फिलिपसँग विवाह गरेकी थिइन् । अहिले उनका दुई बच्चा प्रिन्स एलेकजेडर र प्रिन्स गेब्रियल रहेका छन् । सोफियाले अस्पतालमा पहिलो दिन काम गर्न थालेको तस्वीर पनि अहिले सामाजिक सञ्जालमा आइरहेको छ । जुन फोटोमा उनलाई निलो युनिर्फममा सहयोगीसँग देख्न सकिन्छ । –एजेन्सीको सहयोगमा































प्रतिक्रिया