समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिवाना

समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिवाना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ ।

अनुगमनका क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल दुई लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

यसैगरी विभागको अनुगमन टोलीले मूल्यसूची नराखी माछा बिक्री गरेको पाइएपछि बानेश्वरस्थित धनुषा फिस हाउसलाई ५० हजार जरिवाना गरेको छ । विभागले लकडाउनको समयमा पनि उपभोक्ता ठगीमा नपरुन् भनेर अनुगमनलाई निरन्तरता दिएको छ ।रासस

Skip This
Skip This
Logo