काठमाडौं ।
नेपाली काँग्रेस ससंदीय दलले संविधानसभा पूर्वसदस्य एवं काँग्रेस सुनसरीका महासमिति सदस्य शिवनारायण उरावको निधनप्रति दुःख व्यक्त गरेको छ ।
उनको ६१ वर्षको उमेरमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा वैशाख १ गते निधन भएको काँग्रेसले जनाएको छ ।
पार्टी प्रमुख सचेतक बालकृष्ण खाणले आज एक शोक वक्तव्यमार्फत उराव निधनले काँग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनको निधनप्रति दुःख व्यक्त र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । वि.सं. २०६४ को संविधानसभा सदस्य रहेका नेता उराव सामाजिक क्षेत्रमा पनि सक्रिय थिए।रासस





























प्रतिक्रिया