महालक्ष्मी नगरपालिकाले लकडाउनमा थप कडाई गर्ने

महालक्ष्मी नगरपालिकाले लकडाउनमा थप कडाई गर्ने

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।
ललितपुरको महालक्ष्मी नगरपालिकाले लकडाउनमा थप कडाई गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिइ रहेको नोवेल कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेपनि अत्याश्यक पसल खुल्ला हुँदा भीडभाड नरोकिएपछि महानगरले थप कडाई गर्ने निर्णय गरेका हो ।

महानगरको १ र २ नम्बर वडा लगायत नगरपालिका भित्र खाद्यान्न तरकारी तथा अत्यावश्यक पसलहरु बिहान बेलुका गरी तीन/तीन घण्टा मात्र खोल्न दिने निर्णय गरेको छ । नगर क्षेत्रभित्र बिहानदेखि बेलुकासम्म पसलहरु खुल्ला भएकाले मानिसको भीडभाड बढेको भन्दै बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि साँझ ७ बजेसम्म मात्रै पसलहरु खुल्ला गर्न सार्वजानिक सूचना निकालिएको महालक्ष्मी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नन्दकुमार न्यौपानले जानकारी दिए ।

उनले भने–‘अत्यावश्यक भन्दा अन्य व्यापार व्यवसाय पनि सञ्चालन भएको पाईएकाले मानिसहरुको भीडभाड बढ्दा संक्रमण बढ्ने जोखिम भएकाले आजदेखि लागू हुने गरी थप कडाइका साथ अगाडि बढेका छौँ ।’

Skip This
Skip This
Logo