बाबुरामका बेमौसमी ४ प्रस्ताव, नमरुन्जेल उठाइरहने

बाबुरामका बेमौसमी ४ प्रस्ताव, नमरुन्जेल उठाइरहने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेक्स् ।
काठमाडौं ।
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ट्वीटरमा सबैभन्दा बढी सक्रिय नेता हुन् । उनका सबैभन्दा बढी फलोअर पनि रहेका छन् । उनीपछि कांग्रेस नेता गगन थापाको ९ लाख ८० हजार र साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको ९ लाख १८ हजार फलोअर रहेका छन् । अर्थात बाबुराम नेपाली नेता गणमध्ये सामाजिक सञ्जालमा सबैभन्दा अगाडि छन् ।

डा. भट्टराई नेपाली राजीतिकबृत्तमा विद्धान नेताको रुपमा समेत चिनिन्छन् । उनका अभिव्यक्ति नियाल्ने हो भने तुलनात्मक रुपमा उनी विद्धान रहेको पनि पुष्टि हुन्छ । तर, कतिपय उनका अभिव्यक्ति बमौसमी लाग्छन् । जस्तो भर्खरैको उनको ट्वीट पनि उस्तै बेमौसमी छ । उनले ट्वीटरमा उल्लेख गरेका मुद्दाहरु सही–गलत के हुन् ? त्यो भिन्न विषय हो । र, समय आएपछि यी मुद्दा उठ्छन् वा उठ्दैनन् ? त्यो पनि भिन्न विषय हो । तर, ती मुद्दा अहिले उठाउनुको अर्थ के हो ? यसको जवाफ भने उनले दिएका छैनन् ।

उनले उठाएका मद्दा यस्ता छन् – १. प्रत्यक्ष निर्वाचित राष्ट्रपति २. पूर्ण समानुपातिक संसद ३. जनलोकपाल ४. चुनावी खर्च राज्यद्वारा

संसारभरी यतिवेला कोरोना भाइरसको आतंक ‘दिन दुई गुना, रात चौगुना’ बढीरहेको छ । हाम्रो मुलुक पनि उसैगरी यसको विरुद्धमा उत्रिएको छ । यतिवेला कसैलाई पनि कोरोना भाइरससँग सम्बन्धित कुरामा भन्दा अन्यत्र ‘इन्ट्रेष्ट’ देखिदैन । त्यसमा पनि राजनैतिक प्रस्ताव वा मुद्दामा झनै रुची छैन । अझ दीर्घकालीन विषयमा ! माथि उल्लेखित कुरा उल्लेख गरेपछि उनले थपेका छन् – ‘यो नमरेसम्म भनिरहन्छु ! जो विचार !’

उनले यो सबै कुरा किन भनेका हुन् ? यसको जवाफ चाहिँ उनले यसरी दिएका छन् –‘पूर्व प्रम को नाताले मैले समस्या मात्र उठाएर पानीमाथिको ओभानो बन्न मिल्दैन भन्नेमा सचेत छु । अत: तिनको समाधानका निम्ति मैले निरन्तर उठाएका यी चार कुरा पूरा गरौँ ।’

सबै सही लाग्नेहरुले पनि बाबुरामलाई प्रश्न गर्न सक्छन् – ‘यो बेमौसमी बाजा किन ?’ यो प्रश्न किनपनि आवश्यक छ, भने शोकमा उमंगको धुन कसैका लागि पनि प्रिय हुँदैन ।

बाबुरामका ४ प्रस्तावको सतही अर्थ

प्रस्ताव नं – १.
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिः जो उनी माओवादी पार्टीमा हुँदैदेखि उठाउँदै आएका छन् । यस पटकको उनको भनाई विगतको निरन्तरता मात्र हो ।

प्रस्ताव नं – २.
पूर्ण समानुपाति संसदः यो पनि उनले पहिलादेखि नै भन्दै आएका हुन् । संसदीय चुनावमा बिकृती बढी भएको हिसावमा उनको यो प्रस्ताव आएको हो ।

प्रस्ताव नं – ३.
जनलोकपाल: यो मोडेल भारतमा छ । उतैबाट शिक्षित र दिक्षित भएकाले उनले यो मोडलको वकालत गर्नुलाई स्वभाविक नै मान्न सकिन्छ । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रभावकारितामा आम प्रश्न उठेकोवेला उनको प्रस्ताव गलत होइन भन्न सकिन्छ ।

प्रस्ताव नं – ४.
चुनावी खर्च राज्यद्धारा: चुनावी खर्च आफैँ व्यवस्था गर्नुपर्दा भ्रष्टाचार बढेको ठहरका साथ उनले यो प्रस्ताव राख्दै आएका हुन् । तर, यसको सर्वमान्य तर्क भने हुन्न ।

Logo