काठमाडौं ।
लकडाउनको आज २२ औं दिन प्रहरीले राजधानीबाट बिहानै लकडाउन उल्लङ्घन गर्ने २ हजार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बिहान ८ बजेसम्ममा उपत्यकाका विभिन्न स्थानबाट २ हजार ३८ जनालाई पक्राउ गरिएको हो ।
जसमध्ये १ हजार ५६३ जना पुरुष र ४७५ जना महिला छन् । यसैगरि लकडाउन उल्लङ्घन गर्ने २ सय ५३ सवारी साधनलाई पनि प्रहरीले कारबाही गरेको छ ।





























प्रतिक्रिया