बाँकेमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

बाँकेमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाँके ।

बाँकेको वैजनाथ गाउँपालिका–२ नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको आज मृत्यु भएको हो ।

घाइते दिलमायालाई घटनाको तीन दिनपछि आज बिहान उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको केहीबेरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

उनका अनुसार मदिरा सेवनका विषयमा सामान्य विवाद हुँदा रिसको आवेगमा बलसिंहले श्रीमतीलाई धकेल्दा भित्तामा ठोक्किएर चोट लागेको थियो । तीन दिनसम्म पनि उपचार नपाएपछि दिलमायाको आज मृत्यु भएको हो । शव शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । अभियुक्त बलसिंहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।रासस

Skip This
Skip This
Logo