कालजयी राष्ट्रिय गीत ‘बिहान उठ्ने बित्तिकै’को नयाँ भिडियो सार्वजनिक (भिडियो सहित)

कालजयी राष्ट्रिय गीत ‘बिहान उठ्ने बित्तिकै’को नयाँ भिडियो सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस, यी हातले सँधै सँधै नेपाल लेख्न पाइयोस ।।।

यी देशभक्तिले भरिएका गीतका शब्दहरु नसुन्ने र नगाउने नेपाली शायदै होलान् । यस गीतको प्रत्येक शब्द शब्दमा देशभक्ति झल्किन्छ । त्यसैले त आज यो गीत नेपालको सर्वाधिक रुचाईएको ऐतिहासिक राष्ट्रिय गीत मध्येको एक हो । जसलाई नयाँ वर्षको अवसर पारी पुन: एकपटक नयाँ भिडियोको साथ देश तथा विदेशमा रहेका नेपालीमनहरु समक्ष पस्किएको छ । जसमा स्वयं गायक रामकृष्ण ढकाललाई नै फ़िचरिङ्ग गरिएको छ ।

नेपालमा आजसम्म कैयन राष्ट्रभक्ति तथा देशभक्ति गीत बनिसकेका छन् । तर पनि यस गीतलाई नेपाली राष्ट्रभक्ति गीतहरुमा कालजयी मानिन्छ ।

वरिष्ठ कवि तथा गीतकार काली प्रसाद रिजालको रचना र वरिष्ठ संगीतकार तथा प्राज्ञ आलोकश्री को संगीत रहेको यस गीतलाई गायक रामकृष्ण ढकालको आवाजमा पहिलो पटक वि.स. २०५३ मा रेकर्ड गरिएको थियो । तर त्यससमय नेपालमा प्रविधिको राम्रो विकास भइसकेको थिएन । त्यसैले यस गीतलाई वि.स. २०५५ पुन: दोस्रोपटक रेकर्ड गरियो ।

त्यससमय आलोकले यस देशभक्ति गीतलाई आफ्नो एल्बम छायाँमा पनि समावेश गराएका थिए । त्यसपछि गीतका गायक तथा संगीतकार आलोकश्री र गीतकार काली प्रसाद रिजालको सहमतिमा ५ वर्ष अगाडी यस गीतलाई पुन: तेस्रो पटक रेकर्ड गरियो । यो गीत आफैँमा उत्कृष्ठ थियो । त्यसैले सुनमा सुगन्ध थप्न यसलाई तेस्रो पटक भने भारतको मुम्बईमा रेकर्ड गरियो । जब यो राष्ट्रिय गीत बजारमा आयो यसले चर्चा र प्रशंशा पाउन कत्ति समय पनि लागेन ।

यो राष्ट्रिय गीत देशभक्तिका शब्द र संगीतले ओतप्रोत छ । यदि संगीतलाई छुट्टाएर गीतको शब्दमात्र पढ्ने हो भने पनि यसले हर कोहीको मनमा उथलपुथल गराउन सक्छ । र यदि शब्द छुट्टाएर संगीत मात्र सुन्ने हो भने पनि यसले छुट्टै किसिमको आनन्दोनुभुति दिलाउँछ । यस्तै उत्कृष्ठताले तयार बनेको भएर नै रेकर्ड गरिएको २४-२५ वर्ष बितिसक्दासम्म पनि यो राष्ट्रिय गीत हरेक पटक सुन्दा नयाँ जस्तो लाग्छ ।

जब रामकृष्ण कुनै सांगीतिक कार्यक्रममा जान्छन्, विशेष गरि विदेशमा । उनले यो राष्ट्रिय गीत नगाएको कार्यक्रम हुँदैन । किनकी त्यहाँका दाजुभाई तथा दिदीबहिनीहरुको मन मस्तिस्कमा राम कृष्ण ढकाल भन्ने वितिक्कै ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्…’ भन्ने मानसिकता भईहाल्छ ।

देश भित्रका नेपाली हुन् या देश बाहिरका, सबै नेपालीको मन मस्तिष्कमा छुट्टै छाप छोड्न सफल भएकोले नै यो राष्ट्रिय गीत बिबिसी नेपालीको विदेशी सर्वेक्षण छनौटको उत्कृष्ठ ५ मा समेत पर्न सफल भएको थियो ।

Logo