लकडाउनमा भोकै परेका जनावरलाई खाना खुवाउँदै अभिनेत्री वर्षा राउत

लकडाउनमा भोकै परेका जनावरलाई खाना खुवाउँदै अभिनेत्री वर्षा राउत

केन्द्रबिन्दु
0
Shares

सरकारले लागु गरेको तीन हप्ता लामो लकडाउनले जनजीवन प्रभावित भएको छ । वैशाख ३ गतेसम्मका लागी लकडाउन घोषणा भैसकेको छ जुन पुनः बढ्ने देखिन्छ । यस समयमा आम मानिसको दैनिकी प्रभावित भइरहेको छ भने यससँगै जनावर पनि भोक भोकै परेका छन् । मानिसले उपभोग गरेर बाँकी रहेको खाने कुरा खाएर बाँच्ने पशुपक्षी तथा चराचुरुङ्गीलाई समस्या परेको छ । यस नाजुक अवस्थामा विभिन्न व्यक्तिहरूले पशुपक्षी तथा चराचुरुङ्गीलाई आहाराको व्यवस्था गरिरहेका छन् । जसमा नेपाली सेलिब्रेटीहरु पनि जागरूक हुन थालेका छन् ।

यसै बिच अभिनेत्री वर्षा राउतले लकडाउनमा भोकै परेका जनावरहरुलाई खान खुवाएकी छिन् । आइतबार बिहान उनले काठमाडौँको टेकु हुँदै इन्द्रायणी, शोभा भगवती, विजेश्वरी, स्वयम्भू, बुढानीलकण्ठ, नक्साल भगवती, कमलपोखरीलगायतका स्थानमा पुगेर बाँदर, कुकुर, गाई, चराचुरुङ्गी र माछालाई बिस्कुट, चामल, मकै, गहुँ, केरा, पानीलगायतका आहार दिएकी हुन् ।

Skip This
Skip This
Logo