बेलायती प्रधानमन्त्री जोनसन उपचारपछि ‘अस्पतालबाट फिर्ता’ डाउनिङ स्ट्रिट

बेलायती प्रधानमन्त्री जोनसन उपचारपछि ‘अस्पतालबाट फिर्ता’ डाउनिङ स्ट्रिट

केन्द्रबिन्दु
0
Shares

लण्डन ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता भएको प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) का प्रवक्ताले बताएका छन् ।

करिब दुई सात पहिले कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराएका थिए । तर उनका चिकित्सकहरूको सल्लाहमा करिब एक साता पहिले उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो ।

प्रधानमन्त्री जोनसन अस्पतालबाट लण्डनबाहिर रहेको प्रधानमन्त्रीको सरकारी निवास ‘चेकर्स’ मा फर्किएका छन् । जहाँ उनले बाँकी केही दिन आराम गरी पूर्ण निको नहुँदासम्म बस्नेछन् । उनको उपचारमा सम्लग्न चिकित्सकको सल्लाहबमोजिम प्रधानमन्त्री जोनसन तत्काल (केही दिन) काममा फर्किने छैनन् । –रासस/एएफपी

Logo