इतिहासमा विश्वले झेलेका १० महामारी

इतिहासमा विश्वले झेलेका १० महामारी

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस अर्थात कोभिड १९ को प्रकोपबाट विश्वमा मृत्यु हुनेको संख्या एक लाख ९ हजार घिसकेको छ । तर, इतिहासमा यस्ता महामारीहरु फैलिएका थिए जसलाई विश्वले अत्यन्तै मुस्किलकासाथ मात्र सामना गर्न सकेको थियो ।

जबदेखि मानिसले मितिहरु ‘ट्रयाक’ गर्न शुरू गरे अर्थात शून्य ‘एडी’ देखि अहिलेसम्मका ठूला १० महामारीहरु । यी २ हजार वर्षमा फैलिएका महामारी मध्ये पछिल्लो महामारी कोभिड १९ अर्थात कोरोना भाइरसबाट संक्रमितको संख्या १७ लाख ९२ हजार नाघेको छ ।

कोरोना भाइरस चीनको वुहान शहरबाट शुरू भयो । यसको संक्रमित पहिलो बिरामी पहिलो पटक ८ डिसेम्बर २०१९ मा फेला परेको थियो । १३ मार्च २०२० मा डब्लूएचओले यसलाई महामारीको रुपमा घोषणा गरको छ । कोरोना अहिलेसम्म विश्वको २ सय देशहरुमा फैलिएको छ । र, यो महामारी बढ्दोक्रममा छ । अन्य ९ महामारी यस्ता थिए:-

१. एन्टोनिन प्लेग (मृत्यु – ५० लाख)

इतिहासमा पहिलो पटक एन्टोनिन प्लेग नामक महामारी वर्ष १ सय ६५ मा फैलिएको थियो । त्यस समयमा एन्टोनिन प्लेगको महामारी एसिया, इजिप्ट, ग्रीस, यूनान ग्रीस र इटालीमा फैलिएको थियो । यस महामारीका कारण करीब ५० लाख हाराहारीमा मानिसहरुको मृत्यु भएको थियो ।

(एन्टोनिन प्लेगको यो तस्बीर फ्रान्सेली चित्रकार जे.सी. डिलुनाँय (१८२८ २८९१) । यस रोगका कारण रोममा प्रत्येक दिन २ हजार मानिस मरेका थिए ।

२. जस्टिनियन प्लेग (मृत्यु – ५ करोड)

५४१–५४२ मा यो महामारी एशिया, उत्तर अफ्रिका, अरब र यूरोपमा फैलिएको थियो । यद्यपि यसको सबैभन्दा प्रभाव पूर्वी रोमन साम्राज्य बाइजान्टिनमा परेको थियो । १५ सय वर्ष अगाडि फैलिएको यस महामारीले ५ करोड मानिसको ज्यान लिएको थियो । त्यसवेलाको ५ करोड भनेको संसारको कुल जनसंख्याको आधा अर्थात ५० प्रतिशत थियो । यसको मतलब विश्वको आधा जनसंख्या एउटै महामारीले सकेको थियो । यो रोग यति खतरानाक थियो, जसले बाइजान्टिन साम्राज्यको अन्त्य गर्यो ।

(जस्टिनियन प्लेगमा यो तस्बीर इटालियन चित्रकार फर एन्जेलिको (१३९५–१४५५) द्धारा बनाइएको थियो । यसमा सेन्ट कोसमोस र सेन्ट डेमियन जस्टिनियन प्लेगबाट पीडित बिरामीहरुको उपचार गरिरहेको देखिन्छ ।

३. द ब्ल्याक डेथ (मृत्यु –२० करोड)

जस्टिनियन प्लेगपछि १३४७ र १३५१ बीच एक पटक फेरि प्लेग फैलियो । यसलाई द ब्ल्याक डेथ भन्ने नाम दिइयो । २० करोडको ज्यान लिएको यस महामारीले सबैभन्दा बढि यूरोप र एशियामा प्रभाव पारेको थियो । यो महामारी चीनबाट फैलिएको थियो । त्यस समयमा अधिकांश व्यापार समुद्रीमार्गद्धारा गरिएको थियो र समुद्री जहाजहरुमा मुसाहरु थिए ।

त्यही मुसाबाट झिंगामा हुदै मानिसमा यो रोग फैलिएको थियो । यो रोगले युरोपमा धेरै मृत्यु निम्त्याएको थियो जुन १३४७ अघिको जनसंख्याको तहमा पुग्न २ सय वर्ष लाग्यो ।

(१५६२ मा, डच कलाकार पिटर ब्रुगेल एल्डरले १४ औं शताब्दीको ब्ल्याक डेथ रोगको यो चित्र बनाएको थियो ।)

४. स्मलपोक्स (मृत्यु – ५.५ करोड माथि)

युरोपियनहरू १४९२ मा अमेरिका पुगेका थिए । उनीहरु पुग्ने बित्तिकै अमेरिकामा स्मलपोक्स यानीकि चेचक नामक इन्फेक्सन फैलियो । यो रोग यति खतरानाक थियो कि संक्रमित मध्ये ३० प्रतिशत मानिसले ज्यान गुमाए । त्यतिखेर मात्रै यस महामारीले २ करोड मानिसको मृत्यु भयो । जुन त्यस समय अमेरिकाको कुल जनसंख्याको ९० प्रतिशत थियो । युरोपियनहरुले त्यसबाट फाइदा उठाए । तीनीहरुले अमेरिकामा खाली ठाउँहरु पाए । उनीहरु त्यहाँ बसोबास गर्न थाले । स्मलपोक्स अझै फैलिरहेको छ । एक अनुसन्धानका अनुसार यसले अहिलेसम्म ५.५ करोड मानिसलाई मारेको छ ।

(क्रिस्टोफर कोलम्बसले १४९२ मा अमेरिका पत्ता लगाएको थियो । त्योसँगै युरोपियनहरु अमेरिका आए र उनीहरुले स्मलपोक्स रोग लिएर आए । धेरै अमेरिकीहरु यस रोगका कारण मरे, जसले विश्वव्यापी रुपमा समस्या उत्पन्न ग¥यो ।)

५. कोलेरा (हैजा) (मृत्यु –१० लाख बढी)

१९ औं शताब्दीमा एउटा रोग फैलियो, हैजा । जुन भारतबाट सुरु भएको थियो । यस रोगको नाम कोलेरा थियो । यो रोग एशिया, यूरोप, उत्तर अमेरिका र अफ्रिकामा पनि गंगा नदी हुँदै फैलियो । फोहोर पानी पिउनु यस रोगको कारण थियो । त्यस समयमा यस रोगका कारण १० लाख भन्दा बढी मानिस मरेका थिए । डब्लूएचओका अनुसार प्रत्येक वर्ष १३ लाखदेखि ४० लाख मानिसहरु यस रोगबाट ग्रस्त हुन्छन् । भने, प्रत्येक वर्ष १.५ लाख भन्दा बढीको मृत्यु हुन्छ ।

(अमेरिकी सरकारले १८३२ मा हैजाबाट बच्न एउटा सूचना जारी गरेको थियो । त्यो सूचना प्रत्येक शहरको पर्खालमा टाँसिएको थियो ।)

६. स्पेनिस फ्लू (मृत्यु – ५ करोड)

१९१८–१९ मा स्पेनिस फ्लू महामारी पछिल्ला ५ सय वर्षको इतिहासमा सबैभन्दा खतरानाक महामारी हो । विश्वको एक तिहाई जनसंख्या ५० करोड मानिस यस महामारीबाट संक्रमित भएका थिए । संसारभरि ५ करोडभन्दा बढि मानिस मरेका थिए । यस महामारीमा निको हुने सम्भावना केवल १० वा २० प्रतिशत मात्र थियो । यो रोग वास्तवमा नै खतरनाक थियो । स्वस्थ मानिसहरुले यसको कारण सबैभन्दा बढि मृत्यु भोग्नु परेको थियो । स्पेनिस फ्लूबाट धेरैजसो २० देखि ४० वर्ष उमेर समुहका मानिसको मृत्यु भएको थियो ।

(स्पेनिस फ्लू पहिलो विश्व युद्धपछि फैलियो । सिपाहीहरु विश्व युद्धको समयमा फोहोरमा बस्थे । जसको कारण यो रोग सैनिकहरुमा फैलियो । त्यसपछि सैनिकहरु आ–आफ्नो देश फर्के र रोग जताततै फैलियो ।

७. एशियन फ्लू या एच २ एन २ भाइरस (मृत्यु – ११ लाख)

यो रोग फेब्रुअरी १९५७ मा हङ्गकङ्गबाट शुरु भयो । यो रोग पूर्वी एसियामा शुरु भएको हो । यसलाई एशियाली फ्लू पनि भनिन्थ्यो । केही महिनामा यो धेरै देशहरुमा फैलियो । यस रोगवाट मृत्यु हुनेको संख्या ११ लाख भन्दा बढी थियो ।

(यो फोटो १६ अगस्त १९५७ को हो । यसमा डाक्टरले नर्सलाई एशियाली फ्लूको पहिलो खोप दिइरहेका छन् ।)

८. हङ्गकङ्ग फ्लू (मृत्यु –१० लाख)

यो रोग अमेरिकामा सेप्टेम्बर १९६८ मा पहिलो पटक रिपोर्ट गरिएको थियो । यस भाइरसको कारण मर्ने धेरैजसो मानिसहरु ६५ वर्ष भन्दा माथिका थिए । धेरै जसो गम्भीर बिरामीलाई यस भाइरसले चापेको थियो । १० लाख बढीको ज्यान लिएको थियो, यस रोगले ।
यो फोटो जुलाई १९६८ मा लिइएको थियो । यस चित्रमा बिरामीहरु हङ्गकङ्गको एक क्लिनिक बाहिर आफ्नो पालोको लागि पर्खिरहेका छन् ।

 

९. स्वाइन फ्लू (एच १ एन १) भाइरस (मृत्यु – ५.५ लाख बढी)

सन २००९ मा यो भाइरस अमेरिकामा पहिलो पटक रिपोर्ट गरिएको थियो । र, थोरै समयमा यो विश्वव्यापी रुपमा फैलिएको थियो । यसका कारण मर्ने ८० प्रतिशत मानिसहरु ६५ वर्ष भन्दा बढि उमेरका थिए । यस रोगवाट साढे ५ लाखभन्दा बढीको मृत्यु भएको थियो ।

(यो फोटो २० डिसेम्बर २००९ को हो । यस तस्बीरमा ह्वाइट हाउसकी नर्सले तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामालाई एच१एन१ खोप दिइरहेकी छिन् ।)

 

(यो तस्बीर वुहानको समुद्री खाना बजारको हो । कोरोना भाइरस यस बजारबाट उत्पन्न भएको भनिएको छ । कोरोनाबाट पीडित पहिलो बिरामीले यहाँ पसल सञ्चालन गर्थे ।)

स्रोत : नेशनल जियो ग्राफिक, अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन, भिजुअल क्यापिटलिस्ट डटकम

Skip This
Skip This
Logo