‘पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण मात्र नभई साँस्कृतिक एकिकरणको समेत जग बसाए’ : कमल थापा

‘पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण मात्र नभई साँस्कृतिक एकिकरणको समेत जग बसाए’ : कमल थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान र भूमिकाको स्मरण गर्दै श्रद्धा सुमन प्रकट गरेकोमा अमेरिकामा बस्ने प्रबासी नेपालीहरुलाई धन्यवाद ब्यक्त गरेका छन् । आज प्रबासी नेपाली एकता समाज (पानस) अमेरिकाद्वारा राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहको योगदान विषयक भर्चुअल अन्तर्क्रियामा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष थापाले दक्षिण एसिया महाद्वीपमा व्रिटिश साम्राज्य विस्तार अभियानलाई रोकि वाईसे चौविसे राज्यलाई जोडेर विशाल नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाहको उच्च प्रशंसा गरे ।

पृथ्वीनारायण शाहले भौगोलिक मात्र नभई सामाजिक साँस्कृतिक एकिकरणको पनि जग हाल्ने महत्त्वपूर्ण काम गरेको उनको कथन थियो । हामी सबै नेपालीको मन मस्तिष्कमा सधैं जीवित रहने र प्रत्येक नेपालीले सम्मान गर्नु पर्ने साझा व्यक्तित्व पृथ्वीनारायण शाह भएको थापाको भनाई छ।

नेपालको धार्मिक साँस्कृतिक पहिचान संकटमा पर्दै गएकोले जो जहाँ वसे पनि राष्ट्र निर्माणमा योगदान गर्नु पर्ने आवश्यकता समेत उनले औंल्याए । राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रले सार्वजनिक विदा दिनु पर्ने, नोटमा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्नुपर्ने थापाको माग छ ।

प्रवासमा रहेर राष्ट्र निर्माता प्रति सम्मान व्यक्त गरेकोमा प्रत्येक प्रवासी नेपालीहरूलाई आभार व्यक्त गर्दै थापाले आफ्नो धर्म, संस्कृति ,राष्ट्र, इतिहास प्रति गर्व गर्ने सवै प्रवासी नेपालीहरूलाई सम्मान व्यक्त गरे ।

प्रवासी नेपाली एकता समाज अमेरिकाका अध्यक्ष राजेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा (विशिष्ट अतिथि अमेरिकाको लागि नेपालका राजदूत अर्जुनकुमार कार्की , राप्रपा कार्यसम्पादन सदस्यद्वय विजय खडका, प्रेमकुमार श्रेष्ठ ,केन्द्रीय सदस्य लोक तिवारी महावाणिज्यदूत प्रेमराजा महत ,ऋषि ढकाल, ह्यारि भण्डारी, जनसम्पर्क समितिका सभापति आनन्द विष्ट, प्रवासी एकता मञ्चका टेकराज गुरूङ, प्रभु थापा, अधिवक्ता खगेन्द्र जिसि, एनआरएनए आईसिसि उपाध्यक्ष रविना थापा, म्यासाचुसेट अध्यक्ष प्रेम तमाङ, राधाकृष्ण देउजा लगायतका व्यक्तिहरूले आफ्नो धारणा राखेका थिए ।

Skip This
Skip This
Logo