काठमाडौं ।
कोभिड–१९ संक्रमणको कारण सरकारले घोषणा गरेको लकडाउनले आगामी शैक्षिक सत्र ०७७ मा विद्यालय खुल्ने दिन अझै अनिश्चित छ ।
यसै सन्दर्भमा अक्षरा स्कुल, काँडाघारीले ०७६ सालको वार्षिक परीक्षाको ग्रेड शीट अक्षरा मोबाइल एपबाटै हेर्ने व्यवस्था मिलाएको छ । लकडाउन अवधिभर विद्यार्थीहरुले मोवाइल एपबाट व्यवहारिक र सृजनशील कार्य गरी समयको सही सदुपयोग गर्ने अवसर प्रदान गरिएको छ ।
आगामी बैशााख ८ गतेबाट कक्षा १ देखि १० सम्म अनलाइन कक्षा संचालनको तयारी गरिरहेको जानकारी विद्यालयकी निर्देशक प्रिन्सिपल अन्जु भट्टराईले गराउनु भए अनुसार विद्यालयद्वारा गुगल क्लासरुम र गुगल मिटको माध्यमबाट विद्यार्थीहरुलाई शिक्षण सिकाइ गराइने छ । यसका लागि शिक्षकहरुलाई अनलाइन कक्षा सञ्चालन बारे तालिम प्रदान गराईंदै छ ।
अनलाइन कक्षामा विद्यार्थीहरुका लागि शिक्षकहरुले राखेका विषयगत पाठ्यसामग्री पढेर र श्रव्य–दृष्य हेरेर गृहकार्य गर्ने, आफूले गरेका काम अपलोड गर्ने, आफ्ना समस्याहरु राख्ने, गुगल मिटमा शिक्षकहरुले सञ्चालन गर्ने प्रत्यक्ष भिडियो कक्षामा सहभागी हुने सुविधा पाउने छन् । विद्यालयले समयमै अक्षरा मोवाइल एप र जी सुट प्रयोगमा ल्याएकोले यो विषम परिस्थितिमा शिक्षण सिकाइ कार्य गर्न केही सहज हुने आशा गरिएको छ ।































प्रतिक्रिया