भोकमरीको अवस्था आउन सक्ने भन्दै कृषिमन्त्रीद्वारा स्थानीय सरकारलाई पत्राचार (भिडियोसहित)

भोकमरीको अवस्था आउन सक्ने भन्दै कृषिमन्त्रीद्वारा स्थानीय सरकारलाई पत्राचार (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण खाद्यान्न संकट आउन सक्ने भन्दै स्थानीय तहलाई पत्र लेख्दै सुझाव मागेका छन् ।

मन्त्री भुसालले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग सम्बन्धमा सबै स्थानीय तहसित सुझाव मागेका हुन् । यसबारे स्थानीय तहले के–के गर्न सक्ने तथा प्रदेश र सङ्घीय सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा समेत मन्त्री भुसालले सबै स्थानीय तहबाट सल्लाह–सुझाव लिइने आफ्नो अवधारणामा स्पष्ट पारेका छन् ।

कृषिको विकासका लागि हालसम्म गरिएका प्रयासलाई सार्थक बनाउन तथा कमजोरी हटाउने उद्देश्यले मन्त्रालयले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ नारा अन्तर्गत पाँच वटा नीतिगत आधारसहितको कृषि विकासको अवधारणा ल्याएको छ ।

व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउ/नश्ल, मल, सिँचाइ, बिजुलीलगायत उत्पादनका मुख्य सामग्रीमा अनुदान दिइने, सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेण्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गर्दै प्रत्येक किसानलाई पाँच प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋण उपलब्ध गराउने तथा सबै किसानलाई प्राविधिक सेवा उपलब्ध गराउने अवधारणा मन्त्रालयले अघि बढाएको छ ।

Skip This
Skip This
Logo