रौतहट ।
लकडाउनका कारण घरमै थुनिएर बसेका स्थानीयलाई मनोरञ्जनका साथसाथै कोरोनाबारे जनचेतना फैलाउन रौतहटको गौरमा स्थानीय सशस्त्र प्रहरी बलका एसपी नै सडकमा निस्किएर कोरोना सम्बन्धि गीत गाएर जनचेतना फैलाउन थालेका छन् ।
बिहीबार साँझ गौर बजारको मुख्य सडकमा साउण्ड सिस्टम जोडेर सशस्त्र प्रहरी बल रौतहटका एसपी रविनराज कर्णजित गीतमार्फत जनचेतना फैलाउन थालेपछी स्थानियहरु पनि घरको छतबाट रमाइलो मान्दै हेर्न थालेका थिए । एसपी कर्णजितले पुरानो नेपाली चलचित्र मोहनी लाग्ला है को शैलीमा ‘पछताउनु पर्ला हैं, कोरोना भाइरसले’ बोलको गीत गाएका थिए ।
बुधवार बसेको जिल्ला सुरक्षा समितिमा गीतबाट सचेतना फैलाउने छलफलपछि गीत रचिएको थियो । यो गीत जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले लेखेका थिए । लकडाउनका कारण घरमै बस्नुपरेका स्थानीयलाई गीत सङ्गीतका माध्यमबाट जनचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रमको शुरुवात गरिएको हो ।





























प्रतिक्रिया