माग्नेको जन्मदिनमा दीपकले दिए मनै छुने शुभकामना

माग्नेको जन्मदिनमा दीपकले दिए मनै छुने शुभकामना

केन्द्रबिन्दु
0
Shares

हाँस्य टेलिसिरियल मेरी बास्सैबाट निकै चर्चित बनेका हाँस्यकलाकार केदार घिमिरे उर्फ माग्ने बुढाको आज जन्मदिन परेको छ । वि.स.
२०३२ साल चैत २८ गते मकवानपुरमा जन्मेका केदार आजबाट ४६ वर्षमा प्रवेश गर्दैछन् .

२०५८ सालदेखि कलाकारिता शुरु गरेका केदारले हालसम्म हिजो आजका कुरा ,गीताञ्जली, तितो सत्य , लोकलहरी’, जिरे खुर्सानी, मेरी बास्सै आदि लगायतका हास्य टेलिसिरियलमा अभिनय गरिसकेका छन् । चलचित्र क्षेत्रमा भने उनले दिनेश डिसीद्वारा निर्देशित ‘६ एकान ६’ बाट डेब्यु गरेका थिए ।

उनको जन्मदिनको अवसरमा विहानैदेखि शुभकामनाको आइरो लागेको छ । तर ति मध्ये हाँस्यकलाकार दिपकराज गिरीले भने निकै रमाईलो तर मन छुने तरिकामा केदारलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा स्टाटस लेख्दै शुभकामना दिएका हुन् ।

जसमा उनले लेखेका छन् – आज भन्दा धेरै बर्ष अगााढि चैत्र २८ गते हेटौडामा केदार प्रसाद घिमिरे “जन्मिए । ….त्यस्का बाजे, “ अत्यन्त खुशि भएर कति जना लाइ त लात्तिले हानेर बारिका पाटामा पनि पुर्याए होलान !!!!
खान लाउन नै मुश्किल पर्ने परिवार त थिएन.ठिकठाक परिवार थियो!! छोरो भबिष्यमा डाक्टर होला, इन्जीनियर होला भनेको छोरो त ठूलो भएर “ माग्ने “ पो भयो ……“ हल्का रमाइलो” भन्दै कडा रमाइलो गर्न थाल्यो!!!
तर यस्तो माग्ने भयो जस्का डाक्टर पनि फ्यान, इन्जीनियर, बकिल, नेता सबैले “आहा माग्ने” “ ओहो माग्ने” “ गज्जब माग्ने” भन्ने भयो… आजको मितिमा ३ करोड नेपालीको सर्वाधिक प्रिय हास्य कलाकार बन्न पुगे केदार उर्फ़ माग्ने
देशले राम्रो कलाकार पायो, पिताजी ले सुपुत्र पाए, सीतादेबी ले असल पति पाइन…. तर त्यो भन्दा महत्वपूर्ण कुरा मैले एक सहयोगी, एकाघरका भाइ झै लाग्ने प्रिय साथि पाएँ…अर्काको उन्नति र प्रगतीमा कहिले रिस नगरि सधै एकजूट भएर सहकार्य गर्दै जाने दूर्लभ स्वभाब भएका प्यारो माग्ने बूढा !!!
त्यसैले आजको दिनमा माग्ने बूढालाइ लाइ भन्दा पनि उस्लाइ जनामदिने बुबा आमा लाइ धन्यवाद छ !नमन छ !!!!प्रिय भाइ, साथि, मेरा दाहिने हात केदार प्रसाद घिमिरे जन्मदिनको लाखौ लाख शुभकामना, अझै धेरै उन्नती प्रगतीको कामना गर्दछू…. जय शम्भो!!!

Skip This
Skip This
Logo