चीनमा कोरोना फर्किन सक्ने चेतावनीदेखि म्यादी प्रहरी भर्नासम्म (भिडियोसहित)

चीनमा कोरोना फर्किन सक्ने चेतावनीदेखि म्यादी प्रहरी भर्नासम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरु मध्येचिनियाँ राष्ट्रपति सि जिनफिङले चीनमा पुनः कोरोना भाइरसको महामारी फर्कन सक्ने भन्दे सचेत रहन आग्रह गरेका छन् । उनले वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले युरोपलाई केन्द्रबिन्दु बनाइरहेकाले कुनैपनि बेला फर्किन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका हुन् ।

त्यस्तै सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा प्रहरीको तलव काट्न लागिएको भन्दै व्यापक आलोचना भएको छ । भाइरसको संक्रमण रोक्न गरिएको लकडाउन कार्यान्वयन गर्न अग्रपंक्तिमा उभिएर सेवा गरेका प्रहरीको तलव काटिएको भन्दै आलोचना गरिएको हो ।

अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत धादिङका रञ्जित गौली कोभिड–१९ को संक्रमणपछि अहिले पूर्ण रुपमा निको भएका छन् । उनले कोरोना सामान्य भाइरस भएकाले सकारात्मक सोच र आत्मबल भए जित्न सकिने बताए ।

त्यस्तैगरी लकडाउन कार्यान्वयनमा सक्रिय ट्राफिक प्रहरीले आफूहरु सुत्ने कोठामा सोसल डिस्टेन्सिङ लागू गरेको छ । प्रहरी अधिकारीहरु सुत्ने बेडलाई एक मिटरको दूरी कायम गरिएको महानगरीय ट्राफिक प्रहरी माहाशाखाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भोजपुरमा म्यादी प्रहरी भर्ना गरिने भएको छ । भोेजपुरको हतुवागढी गाउँपालिकाले गाउँपालिका भित्रिने सीमा नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्न लागेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु समाचार हेर्न नभूल्नुहोला

 

Logo