अमेरिकी गायक जोन प्राइनको मृत्यु भएको छ । गत महिना कोरोना सङ्क्रमणको लक्षण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।
७३ वर्षीय प्राइनको मृत्यु भाइरसको सङ्क्रमणबाटै भएको भन्ने पुष्टि भएको छैन । यसअघि प्राइनकी श्रीमतीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।
एनजल, स्याम स्टोन लगायत गीतबाट चर्चित बनेका प्राइनले धेरै पटक ग्रामी अवार्ड जितेका थिए । उनको गीत ‘रोलिङ स्टोन’ले उनलाई ‘द मार्क ट्वाइन अफ अमेरिकन सङराइटर’ को नाम दिएको थियो ।
विश्वभरका संगीतकर्मीले प्राइनको मृत्यु निकै दु:खदायी र साङ्गीतिक क्षेत्रमा ठुलो क्षति भएको भनी समवेदना प्रटक गरेका छन् ।





























प्रतिक्रिया