काठमाडौं ।
महामारी र दैवी प्रकोप भन्ने कुरा मानव जीवनमा प्रकृतीद्वारा सृजित हो । मान्छेले नचाहँदा नचाहँदै पनि यो विपत्ती आइलाग्छ । यसै सेरोफेरोमा अहिले संसारमा नै कोभिड १९ नाम दिइएको कोरोना भाइरसले मानव जनजीवन अस्तब्यस्त बनाइदिएको छ । हजारौं मान्छेहरुको मृत्यु र लाखौं मानिस यस महामारीबाट संक्रमित छन् ।
संसारभरका तीनै सबै स्वास्थ्यकर्मीहरु, प्रहरी सुरक्षाकर्मीहरु तथा सेनाहरुलाई उनीहरुको सत्कर्मको लागि प्रोत्साहित गर्ने हेतुले संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको ‘तिमी जन जनमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा गायीका वुनु श्रेष्ठ र गायक विश्व नेपालीले स्वर दिएका छन् । गीतमा नरेश प्रधानको शब्द रचना र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
स्टुडियो साउण्ड मिलको अफिसियल युटयुवमार्फत सार्वजनिक गरिएको गीतमा संगीत संयोजन देवेन्द्र नेवा, ध्वनी मुद्रण/मिश्रण महेश्वरमान राजभण्डारी र दृश्य मिश्रण वीरेन्द्र भाट विपिनको रहेको छ । हेरौं भिडियोमा :































प्रतिक्रिया