लेखापढी कानुन व्यवसायि एसोसियशनद्वारा राहत कोषमा सहयोग

लेखापढी कानुन व्यवसायि एसोसियशनद्वारा राहत कोषमा सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसियशनले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उपचार कोषमा दुई लाख रुपैयाँ सहयोग गरेको छ । एसोसियशनका केन्द्रीय अध्यक्ष सीताराम दाहाल, पूर्वअध्यक्ष तेजप्रसाद ढकाललगायतको समूहले राष्ट्रिय वाणिज्य बैंक मैतिदेवी शाखाबाट सो रकम कोषमा जम्मा गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि सरकारलाई सहयोग गर्न रकम जम्मा गरेको एसोसियशनका अध्यक्ष दाहालले जानकारी दिए । संक्रमण रोकथामका लागि राज्यमात्रै जिम्मेवार नभई विभिन्न पेशागत संघ, संगठनको भूमिका र सहभागिता महत्त्वपूर्ण हुने भएकाले एसोसियशनकोतर्फबाट सक्दो सहयोग गरेको उनको भनाइ छ ।

त्यस्तै धेरैले सानो सानो सहयोग गर्दा कोष बलियो हुने भन्दै सङकटको घडिमा सम्पूर्ण पेशागत संगठनलाई सहयोग गर्न पूर्वअध्यक्ष ढकालले आग्रह समेत गरेका छन् । पूर्वअध्यक्ष ढकालले भने–‘हामी संकटको घडीमा देश र जनताको साथमा छौँ भन्ने सन्देश दिन कोषमा रकम जम्मा गरेका हौँ । तपाईंहरुले पनि आफूले सक्दो सहयोग गर्नुहोस ।’

Skip This
Skip This
Logo