प्रधानमन्त्रीको सम्बोधन सुरु

प्रधानमन्त्रीको सम्बोधन सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन् । उनले अहिले बिहान ११ः१५ देखि सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गरिरहेका हुन् ।

उनले निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गरेका छन् ।

यस्तै विदेशबाट आएका नेपालीहरुलाई उनले सेल्फ क्वारेनटाइनमा बस्न पनि आग्रह गरेका छन् । हेल्चेक्याईं गरिए यसले आफूलाई मात्र नभएर सबैलाई हानी पुग्ने तर्फ सचेत हुन पनि प्रधानमन्त्रीले आग्रह गरेका छन् । प्रधानमन्त्रीले लकडाउन गर्नु बाध्यात्मक अवस्था रहेकाले यसको सबैले पालना गर्न पनि आग्रह गरेका छन् ।

संकटको बेला र अरु बेला पनि सरकार जनताको पक्षमा रहने बताउँदै उनले स्वास्थ्यकर्मीलाई थप जिम्मेवारी महसुस गर्दै काममा खट्नका लागि अनुरोध पनि गरेका छन् ।

नागरिकको जीवन रक्षा भन्दा ठूलो अरु केहि नहुने भन्दै प्रधानमन्त्रीले विश्व समुदाय नै यस्तो महामारीसँग जुध्न तयार नरहेको सन्दर्भ उल्लेख गर्दै नेपालका लागि पनि यो ठूलो चुनौती रहेको स्वीकार पनि गरे ।

Logo