कञ्चन गाउँपालिकामा राहत वितरण

कञ्चन गाउँपालिकामा राहत वितरण

केन्द्रबिन्दु
0
Shares

  • राजेश बिक-

रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाले आफ्नो ५ वटा वडाका एक हजार परिवारलाई पहिलो चरणको राहत वितरण गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विगत २ हप्तादेखि लकडाउन गरिएको छ । लकडाउन भएसँगै दैनिक ज्यालादारीमा छाक तार्ने मजदुरहरुलाई मार परेको कारण स्थानीय सरकार (गाउँपालिका) ले  उनीहरूलाई राहत वितरण गरेको हो ।

प्रत्येक घरलाई १५ किलो चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल साथै साबुन उपलब्ध गराएको छ । आर्थिक स्थिति कमजोर भएका एकदमै विपन्न परिवार जसले मजदुरी गरेर विहान, बेलुकाको छाक तार्छ, दैनिक ज्यालादारी गरेर खाने परिवारलाई राहत वितरण गरिएको कञ्चन गाउँकार्यपालिकाका सदस्य तथा राहत वितरणका संयोजक गोपाल विश्वकर्माले बताए ।

अझै लकडाउन बढेको खण्डमा पुन: दोस्रो चरणको राहत बाड्न तयार रहेको पनि उनले बताए ।

Logo