कोरोनालाई मजाक नसम्झन धुर्मुस-सुन्तलीको अपिल

कोरोनालाई मजाक नसम्झन धुर्मुस-सुन्तलीको अपिल

केन्द्रबिन्दु
0
Shares

कोरोनाको उच्च जोखिमसँगै विगत २ हप्तादेखि देश लकडाउनको अवस्थामा छ । अहिलेको लागि घरमा बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएकोले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत बाहेक अन्य सर्वसाधारणलाई बाहिर निस्कन र अनावश्यक रुपमा हिँडडुल गर्न मनाही गरिएको छ । तर विश्वभर डढेलोको रुपमा फैलिरहेको कोरोना भाइरसलाई अझै पनि कतिपय नेपालीहरु ख्यालख्यालको रुपमा लिई लकडाउनको उल्लंघन गरिरहेका छन् ।

यसै विषयलाई ध्यानमा राख्दै हाँस्यकलाकार तथा सामाजिक अभियन्ताद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले अर्को नयाँ जनचेतनामुलक भिडियो सामाग्री शेयर गरेका छन् । साढे २ मिनेटको उक्त नाटकीय भिडियोमा उनीहरुले कोरोनालाई मजाकको रुपमा लिन नहुने बताएका छन् भने कोरोनाले आमा, बुवा, श्रीमान, श्रीमती, बालबच्चा आदि नचिन्ने भएकोले यदि आफुलाई कोरोना भएको शंका लागेमा आफैँ परिवारबाट टाढा रहन पनि आग्रह गरेका छन् ।

जनचेतनाका लागि हाम्रो प्रयास ?

Posted by Sitaram Kattel on Friday, April 3, 2020

 

सिताराम र कुन्जनाले कोरोनाको विषयमा क्वारेन्टाइनको समयदेखि नै कहिले नाट्य शैलीमा त कहिले दोहोरी शैलीमा आफ्ना दर्शकहरुलाई मनोरंजनका साथै कोरोना सम्बन्धी जनचेतना पनि फैलाउदै आइरहेका छन् ।

Logo