‘जी टू जी’ बाट स्वास्थ्य सामग्री खरिद गर्ने सरकारको तयारी

‘जी टू जी’ बाट स्वास्थ्य सामग्री खरिद गर्ने सरकारको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना (कोभिड -१९) भाइरसको संक्रमण परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री ‘जी टू जी’ (सरकारबाट सरकारले ) प्रक्रियाबाट खरिद गर्ने तयारी गरेको छ । बुधबार स्वास्थ्य समग्री ल्याउने ओम्नी समूहसँग सझौता रद्द भएसँगै ‘जी टू जी’ मार्फत खरिद गर्ने तयारी गरिएको हो।

बुधबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सझौता अनुसारको समाग्री निर्धारित समयमा ल्याउन नसकेको भन्दै सो समूहसँग सम्झौता रद्ध गरेको बताएका थिए । आवश्यक सामग्री ल्याउनका लागि बिहिबार पुनः प्रक्रिया सुरु हुने उनको भनाइ थियो तर, बिहिबार विभागले कुनै प्रक्रिया अघि बढाएको छैन ।

बजार मूल्य भन्दा महँगो मूल्यमा स्वास्थ्य सामग्री खरिद भएको भन्दै विवाद भएपछि ‘जी टू जी’ बाट सामान खरिद गर्न सरकारको तयारी रहेको जानकारी पाएको महानिर्देशक श्रेष्ठको भनाइ छ । महानिर्देशक श्रेष्ठले भने–‘जी टू जी मार्फल सामान ल्याउने र यसको जिम्मा सेनालाई दिने भन्ने कुरा आएकाले हामीले बिहिबार अगाडि बढाउने भनेको प्रक्रिया अघि बढाएनौँ ।’

Logo