भारतीय क्रिकेटर गम्भीरको राहत कोषमा दुई वर्षको तलव जम्मा गर्ने घोषणा

भारतीय क्रिकेटर गम्भीरको राहत कोषमा दुई वर्षको तलव जम्मा गर्ने घोषणा

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।
भारतका चर्चित खेलाडी गौतम गम्भीरले प्रधानमन्त्री राहत कोषमा दुई वर्षको तलव जम्मा गर्ने घोषणा गरेका छन् । सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद समेत रहेका गम्भीरले कोरोना सङ्क्रमण विरुद्धको लडाइमा टेवा पु¥याउन आफ्नो तलव दिने घोषणा गरेको बताएका छन्। उनले भने–‘अहिले सरकारले मलाइ के दियो भनेर प्रश्न गर्ने भन्दा पनि आफूले दिन पर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ ।’

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अरुलाई पनि प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आग्रह गरेका छन् । भारतमा बिहिबारसम्म कोरोना भाइरसको कारण एक हजार ९ सय ६५ जना सङ्क्रमित भएका छन् । तिमध्ये १ सय ३१ जना पछिल्लो १२ घण्टामा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

कुल बिरामीमध्ये एक हजार ७ सय ६४ जना अझै पनि बिरामी अवस्थामा छन् भने ५० जनाको निधन भइसकेको छ ।– रासस/एएनआई

Logo