टेलिकमद्वारा राहत कोषमा १२ करोड सहयोग

टेलिकमद्वारा राहत कोषमा १२ करोड सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको हो ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको समुपस्थितिमा प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका सदस्य–सचिव नारायणप्रसाद बिडारीलाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले १२ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

सहयोग रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्रीद्वय खतिवडा र भट्टले प्राप्त आर्थिक सहयोगप्रति कृतज्ञता प्रकट गर्दै यस विषम परिस्थितिमा सबैलाई सचेत रहन आग्रह समेत गरेका थिए ।

सो अवसरमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव तथा कम्पनी सञ्चालक समिति सदस्य राधिका अर्याल र कम्पनीका प्रमुख वित्तीय तथा प्रमुख मानव संसाधन अधिकृत शैलजा राईको पनि उपस्थिति रहेको थियो ।

हाल नोबेल कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको अवस्थामा नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा कम्पनीले आर्थिक सहयोग गरेको हो ।

Skip This
Skip This
Logo